तातोपानी नाकाबाट २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रियो

तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो ।

बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिएका छन् । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक युरिया मल आयात गर्ने जिम्मेवारी थियो ।

बोलपत्र पाएपछि छ महिनाअघि कम्पनीले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *