भक्तपुरमा तयार हुँदैछ तिहारको पाला

नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । “तिहार आउन अझै दुई साता बाँकी छ । मागअनुसारको पाला एक हप्ताभित्र पठाउनुपर्छ”, भक्तपुर तालाक्वका गङ्गालक्ष्मी प्रजापतिले भने । तिहार नजिकिएसँगै तालक्वका कुमाले…

Read More

बैङ्क तथा वित्तीय संस्थाको लगानी उत्पादन उद्योगमा बढाउन आवश्यक : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले  सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजार मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सक्नुपर्ने बताएका छन् ।  मंगलबार काठमाडौंमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् । उनले आयात प्रतिस्थापनको…

Read More

‘हरेक क्षेत्रलाई उचित प्रतिस्पर्धी चाहिन्छ, त्यसैले नयाँ स्टक एक्सचेञ्ज’

पछिल्लो समय नेपाली पुँजीबजारमा नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको कुरा चर्चामा छ । लामो समयदेखि रोकिएको नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढेसँगै यो विषयले चर्चा पाएको हो । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल विभिन्न चुनौतीसँग लडेर नै लामो समयदेखि गिजोलिएको नयाँ ब्रोकरको लाइसेन्स वितरण प्रक्रियालाई अघि बढाएका छन् । नयाँ स्टक एक्सचेन्ज र…

Read More

निर्यातमा आधारित नगद प्रोत्साहन कार्यविधि तत्काल बनाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन सचिवहरू र  मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा व्यपारीहरुसँगको छलफल एवम् अन्तरक्रिया कार्यक्रममा शर्माले अर्थ सचिव र राजस्व सचिवलाई कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् । ‘सरल र सहज रूपमा प्राप्त गर्ने प्रोत्साहन कार्यविधि चाहियो ‘मैले स्पष्ट…

Read More

व्यवसायमा सफल बन्दै ३० वर्षीय चन्द्रदिप, शून्यबाट करोडौंको कारोबार

भनिन्छ युवा देशका पौरख हुन्  । पौरख हुन् भनेर मात्र हुँदैन, पौरखी पनि बन्न सक्नुपर्छ  । जब युवा पौरखी बन्छन् तब मात्रै देशले काँचुली फेर्न सक्छ  । आर्थिक रूपान्तरणको बाटो खुल्छ । नेपालको सन्दर्भमा भने रोजगारीका लागी वर्षेनी हजारौँ युवा विदेश पलायन हुने गरेका छन्  । उनीहरू जीवनको ऊर्जाशील समय विदेशी भूमिमा बिताउन बाध्य छन्…

Read More

अर्थतन्त्रको विकासका लागि उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ : मेयर शाही

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका  कालीकोट रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही सानै उमेरदेखि माओवादी सशस्त्र द्वन्द्वमा सामेल भए । परिवर्तनका लागि सशस्त्र द्वन्द्वमा होमिएका शाही अहिले आफै परिवर्तन अनुभूत गराउने ठाउँमा छन् । उनले सर्वसाधारणलाई कसरी परिवर्तनको अनुभूति दिइरहेका छन् ? नगरप्रमुख शाहीसँग गरिएको कुराकानी :- निर्वाचित भएपछि पहिलो…

Read More

आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप शंकट निम्तिन्छ : डा. प्रकाशकुमार श्रेष्ठ

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र आयातमुखी भएकाले आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप शंकट निम्तिने बताएका छन् । मदन भण्डारी बौद्धिक मञ्चद्वारा काठमाडौंमा  आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९÷८०को बजेट विषय अन्तरक्र्रिया कार्यक्रममा बोल्दै डा.श्रेष्ठले  नेपाली सबै आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको बताएका हुन्…

Read More

बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन । नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालद्वारा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिएका हुन् । मन्त्री शाहीले पुँजीबजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो व्यवहार नगर्न आग्रह समेत गरे…

Read More

हाम्रो मन्त्रीमण्डल ठूलो भयो, ७ वटामा झार्नुपर्छ : अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले सत्ता जोगाउनका लागि मन्त्रीमण्डल विस्तार गर्दा खर्चको आकार बढ्दै गएको बताएका छन् । अर्थ तथा विकास समितिको बैठकमा उनले प्रदेशको मन्त्रीमण्डल ७ जनामै सीमित गर्नुपर्ने बताएका हुन् । ‘आम्दानी भन्दा खर्च अधिक बढेको छ । यसलाई नियन्त्रण गर्न निकै गाह्रो भैसकेको छ । आजको यो ज्वलन्त समस्या हो । मन्त्रिमण्डल…

Read More

बजेटले थप आर्थिक संकट ल्याउँछ : प्रदीप ज्ञवाली

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल भइरहेको आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटले आर्थिक स्थिरताभन्दा पनि थप संकटको पुनरोत्पादन गर्ने दाबी गरे । बजेटले उत्पादन वृद्धि गर्न नसक्ने…

Read More

वार्षिक बजेटभन्दा बढी व्यापार घाटा हुने अवस्था सिर्जना भयो :पूर्व गभर्नर क्षेत्री

पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले आफूले वृद्धभत्ता नलिने बताएका छन्। काम गर्न नसक्ने र दैनिक गुजारा भएका जेष्ठ नागरिकले मात्रै लिनुपर्ने उनले बताए । सरकारले बजेटमा काम गर्न नसक्ने जेष्ठ नागरिकलाई मात्र ६८ वर्षबाट वृद्धभत्ता पाउने घोषणा गरेको समेत बताए । “मैले वृद्धभत्ता लिँदैन, मैले काम गरेको संस्थाले निवृत्तिभरण दिइरहेको छ, त्यस्तै सक्ने जेष्ठ नागरिकले पनि…

Read More

आगामी बजेट व्यापार–घाटा कम गर्नेतर्फ लक्षित हुनुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी बजेट व्यापार–घाटा कम गर्नेतर्फ लक्षित हुनुपर्ने बताएका छन् । अहिले नेपालको अर्थतन्त्र धरासायी बन्ने चिन्ता बढेको भन्दै आयात प्रतिस्थापन, विलासिताका वस्तुहरूको आयातमा कडाइ, पेट्रोलियम पदार्थको कम उपयोग, आत्मनिर्भर कृषि र निर्यातमूलक वस्तुहरूको उत्पादनमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । समाजिक संजालमा आगामी बजेटबारे आफ्नो सुझाव पेश गर्दै…

Read More

आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाएको हो : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाईएको बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफलमा कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । अहिलेको अवस्था निजी क्षेत्रको नाफा जोगाउनुभन्दा अर्थतन्त्र बचाउनुमा लाग्नुपर्ने उनले बताए । ‘अर्थतन्त्रको अवस्था जोगाउनुपर्ने छ । अहिले निजी क्षेत्रले बढी नाफामा जोड दिनु हुँदैन।…

Read More

माओवादी र एमाले मिलेर अगाडि जान असम्भव छैन : सुवासचन्द्र नेम्बाङ [अन्तर्वार्ता]

अघिल्लो निर्वाचनमा पहिलो भएको नेकपा एमाले यस पटकको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको छ । पाँच दलीय गठबन्धनका कारण मात्रै नेपाली कांग्रेस पहिलो हुन पुगेको तर्क गर्ने एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ तमाम घेराबन्दीका कारण पनि एमाले दोस्रो स्थानमा रहन सक्नुलाई पार्टीको विजयका रूपमा लिन्छन् । न्युज कारखानासँगको कुराकानीमा अगाडि भन्छन्, ‘गठबन्धन गरेर जानु नै उहाँहरूको पहिलो पराजय…

Read More

बालेन समर्थकलाई सभागृह अगाडि बस्न रोक,चलखेलको आशंका

बालेन शाह समर्थकलाई सभागृह अगाडि बस्न रोक लगाइएको छ । आज बिहानै बालेनको समर्थनमा मतगणनास्थल पुगेका समर्थकले आफुहरुलाई त्यहाँ बस्न  नदिएको बताएका हुन् । अहिलेसम्म ९१ हजार ९७२ मत गनेर सकिँदा बालेन ३३ हजार ६२४ मत ल्याएर शीर्ष स्थानमा  छन् । दोस्रो स्थानमा रहेका स्थापितले १८ हजार १८९ मत पाएका छन् भने सिर्जनाको मत १८…

Read More

मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा छ : विनोद चौधरी

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा रहेको बताएका छन् । उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै  यस्तो बताएका हुन् । सांसद चौधरीले कोभिड महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा…

Read More

४१५ स्थानीय तहको नतिजा सार्वजनिक

स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार बिहान सावा सात बजेसम्म ४१५ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार कांग्रेसले अग्रता लिइरहेको छ । पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म १९० पालिकामा जित हासिल गरेको छ । र, कांग्रेसले १२६ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ११८ पालिकामा जितेको…

Read More

जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन : रेणु दाहाल [अन्तर्वार्ता]

भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा रहेर न्युज कारखानाकर्मी कुलप्रसाद काफ्लेले मेयरकी उमेदवार रेणु दाहालसँग गरेको कुराकानी : १. चुनावको तयारी र प्रचारप्रसारका लागि घरदैलोमा हिँडिरहनु भएको छ । कस्तो प्रतिक्रिया…

Read More

कर्णालीलाई पर्याप्त मात्रमा बजेट विनियोजन हुदैन: मन्त्री बिष्ट (अन्तर्वार्ता)

हिजोजस्तो छैन कर्णाली । केही हदसम्म परिर्वतन भएको देख्न सकिन्छ । तर जति र जुन रुपमा कर्णाली बिकास हुनुपर्ने हो त्यो भने हुन बाँकी छ । नेपालका अन्य प्रदेशका तुलनामा विशुद्ध भर्जिन प्रदेशका रुपमा यहाँ अथाह सम्भावना नै सम्भावना रहेको छ । तर भर्जिन कर्णालीलाई जुन रुपमा हेरिनुपर्ने हो त्यो रुपमा हेरिएको र देखिएको पाइँदैन…

Read More

रुसका १२ हवाई निशाना ध्वस्त पार्यौ : युक्रेन

आफ्ना हवाई रक्षकहरुले रुसका कम्तीमा १२ रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनको सशक्त फौजले दाबी गरेको छ । युक्रेनी फौजले रुसका दुई विमान, तीन ओटा हेलिकोप्टर, तीन ओटा ड्रोन र चार ओटा क्रुज मिसाइल ध्वस्त पारिदिएको दाबी गरेको हो । यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी वार्ताको टेबुलमा बस्न रुसलाई आह्वान गरेका छन् ।…

Read More