वार्षिक बजेटभन्दा बढी व्यापार घाटा हुने अवस्था सिर्जना भयो :पूर्व गभर्नर क्षेत्री

पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले आफूले वृद्धभत्ता नलिने बताएका छन्। काम गर्न नसक्ने र दैनिक गुजारा भएका जेष्ठ नागरिकले मात्रै लिनुपर्ने उनले बताए । सरकारले बजेटमा काम गर्न नसक्ने जेष्ठ नागरिकलाई मात्र ६८ वर्षबाट वृद्धभत्ता पाउने घोषणा गरेको समेत बताए ।

“मैले वृद्धभत्ता लिँदैन, मैले काम गरेको संस्थाले निवृत्तिभरण दिइरहेको छ, त्यस्तै सक्ने जेष्ठ नागरिकले पनि वृद्धभत्ता लिनु हुँदैन । यो नैतिकताको कुरा पनि हो । सरकारले बजेटमा वृद्धभत्ता नलिनेलाई सम्मान गर्ने घोषणा गरेको छ, यो निकै राम्रो छ” उनले भने ।

संवाद डबलीले आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र बजेट’ बारे आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व गभर्नर क्षेत्रिले बजेट विगतको भन्दा तुलनात्मक रुपमा जनताको जीवनसँग जोडिन खोजेको बताए । नेपालको वार्षिक बजेटभन्दा बढी व्यापार घाटा हुने अवस्था सिर्जना भएको बताउँदै बजेटले त्यसलाई घटाउने प्रयास गरेको बताए ।

नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो भइसकेको बजारमा हल्ला भएजस्तो संकट नआएको बताउँदै क्षेत्रीले नेपाली अर्थतन्त्रलाई बजेट चलायमान गरेको बताए । “राजनीतिक वृत्तमा विरोधी खेमामा रहेका नेताहरूले श्रीलंका ऊर्जा बनेको छ, श्रीलंकाको उदाहरण दिएर नेपाली अर्थतन्त्र पनि त्यही बाटोमा जाँदै छ भन्ने गरिन्छ । उनीहरूले अहिलेको सरकार आएपछि ऋण बढेर गएको छ, विदेशी मुद्रा आर्जन गर्ने स्रोतहरू घट्दै गइसकेका छन् भनेर चर्चाबिच आएको बजेटले नयाँ आशाका किरण देखाएको छन्” क्षेत्रीले भने ।

यसअघि सरकारले महँगीलाई ६ प्रतिशतभन्दा माथि नजाने भने पनि यो बजेट आउने बेलासम्म ७ प्रतिशत भन्दा बढी पुगेको बताउँदै क्षेत्रीले अघिल्लो सरकारले भनेको कुरा पूरा भयो त भन्ने प्रश्न उठेको बताए । उनले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्ने र विप्रेषण घट्ने गरेको चर्चामा रहेको बताए ।

विदेशी मुद्रा संचिती ११ अर्बबाट ९ खर्बमा पुगेको बताउँदै त्यो कुनै व्यक्तिका कारण नभएर आयात बढ्नु र निर्यात घट्नु यसको मुख्य कारण रहेको बताए । उनले विदेशी मुद्रा संचिती पनि पसिना आउने गरी घटेको बताए । त्यसलाई पनि बजेटले आयतलाई प्रतिस्थापन गर्ने बजेटमा घोषणा गरेको क्षेत्रीले बताए ।

नेपाल कृषि प्रधान भनिए पनि जमिन बाँझो हुँदै गएको अवस्थामा सरकारले सबैभन्दा धेरै बजेट कृषि क्षेत्रमा छुटाउने र मलदेखि प्राविधिक सहयोग गर्ने घोषणा हुनु सकारात्मक भएको क्षेत्रीको भनाई थियो । “यस पटक सरकारले सबभन्दा बढी कृषि क्षेत्रलाई बजेट छुट्याइएको छ । मलदेखि प्राविधिक सुविधा पनि, जस्तो प्राविधिकलाई पालिकामै राखिदिन्छौँ भनेको छ । जमिन हुनेले कृषि नगर्ने, कृषि गर्नेसँग जमिन नहुने समस्या थियो, अब बजेटले कृषक समूह बनाएर आएपछि सरकारले सहयोग गर्ने घोषणा भएको छ” क्षेत्रीले भने ।

सरकारले कार्यान्वयनप्रति प्रतिबद्धता बताउँदै क्षेत्रीले बजेटले आत्मनिर्भरतातिर लैजाने विश्वास बढेको बताए । वैदेशिक लगानी पनि विगतको तुलनामा बढेको बताए । कार्यक्रममा एनआरएनएका अध्यक्ष विनोद कुँवर र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य संदिप अग्रवालले बजेटले सबै क्षेत्र समेटेको भन्दै स्वागयोग्य रहेको बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *