निर्यातमा आधारित नगद प्रोत्साहन कार्यविधि तत्काल बनाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन सचिवहरू र  मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा व्यपारीहरुसँगको छलफल एवम् अन्तरक्रिया कार्यक्रममा शर्माले अर्थ सचिव र राजस्व सचिवलाई कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् ।

‘सरल र सहज रूपमा प्राप्त गर्ने प्रोत्साहन कार्यविधि चाहियो ‘मैले स्पष्ट रूपमा सचिवहरूलाई भनेको छु’, उनले भने, । उक्त कार्यविधि घुमाएर नपाउने खालको होइन सजिलैसित पाउने हुनुपर्छ । उसको पैसा आएको भोलिपल्ट पाउने खाल्को बनाउनुपर्छ ।’ मूल्य अभिवृद्धिकै आधारमा इन्सेन्टिभको व्यवस्था गरिने भन्दै उनले ‘एक प्रतिशत भ्यालू एडिसनलाई पनि त्यही र अर्कोलाई पनि त्यही हुन नसक्ने बताए ।

मन्त्री शर्माले निजी क्षेत्र सरकारको एक साझेदार भएकाले उसका समस्याहरूको समाधान गर्ने उपायको खोजी गर्ने बताए । हामी समस्याका आधारमा समाधान गर्ने उपाय राष्ट्र बैंक, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर निकाल्छौँ’, उनले भने,। निजी क्षेत्रलाई समस्या वा गाह्रो नहोस् भन्ने उदेश्यले सकेसम्म सहज तरिकाले आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न अर्थ मन्त्रालय तयार रहेको बताए। उनले निजी क्षेत्रको अभिभावकीय मन्त्रालय भएकाले पनि गुनासोहरू सुन्ने र  समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *