‘एचिभर एजुकेशन पार्टनर’ को उत्कृष्ट अफरः एक साताभित्र भर्ना हुने विद्यार्थीलाई IELTS/PTE मा ५०% छुट

काठमाडौँ। विदेशमा उच्च शिक्षा अध्ययनको तयारी गरिरहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै नयाँ बानेश्वरस्थित ‘एचिभर एजुकेशन पार्टनर’ ले भाषा तयारी कक्षामा विशेष छुट योजना सार्वजनिक गरेको छ।

संस्थाले एक साताभित्र IELTS वा PTE तयारी कक्षामा भर्ना हुने पहिलो २० जना विद्यार्थीलाई ५० प्रतिशतसम्म शुल्क छुट दिने जनाएको छ।

विदेश अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको एचिभर एजुकेशन पार्टनर पछिल्लो समय विद्यार्थीमाझ लोकप्रिय बन्दै गएको छ। विशेषगरी अष्ट्रेलिया, बेलायत र अमेरिका लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी परामर्श सेवा प्रदान गर्दै आएको संस्थाले उच्च भिसा सफलता दर हासिल गरेको बताएको छ।

संस्थाका अनुसार विद्यार्थीको शैक्षिक योग्यता, रुचि र भविष्यको लक्ष्यलाई आधार बनाएर उपयुक्त विश्वविद्यालय तथा कलेज छनोटमा सहजीकरण गरिन्छ। आवेदन प्रक्रिया, आवश्यक कागजात तयारी, विश्वविद्यालय भर्ना तथा भिसा प्रक्रियामा अनुभवी काउन्सिलरहरूको प्रत्यक्ष संलग्नता रहने भएकाले विद्यार्थीहरूले सहज रूपमा प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था गरिएको छ।

नयाँ बानेश्वरस्थित मुख्य कार्यालयबाट सेवा दिँदै आएको संस्थाले विदेश अध्ययनसम्बन्धी परामर्शसँगै भाषा तयारी कक्षालाई पनि प्रभावकारी बनाएको जनाएको छ। IELTS र PTE तयारीका लागि दक्ष प्रशिक्षक, अद्यावधिक अध्ययन सामग्री तथा नियमित ‘मक टेस्ट’को व्यवस्था गरिएको संस्थाले जनाएको छ।

यसैबीच, सामाजिक उत्तरदायित्व तथा प्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत सार्वजनिक गरिएको विशेष अफरअनुसार एक साताभित्र भाषा तयारी कक्षामा भर्ना हुने पहिलो २० जना विद्यार्थीले ५० प्रतिशतसम्म शुल्क छुट पाउने योजना सार्वजनिक गरिएको छ।

सीमित अवधिका लागि ल्याइएको यो योजना विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूलाई आर्थिक रूपमा केही राहत पुग्ने विश्वास लिइएको छ।

संस्थाले परामर्श तथा भाषा तयारीमा मात्र सीमित नभई विदेश पुगेपछि पनि विद्यार्थीलाई आवश्यक समन्वय र सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। अध्ययन गन्तव्य छनोटदेखि भिसा प्राप्तिसम्म र त्यसपछिको शैक्षिक यात्रामा समेत सहकार्य गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *