सिभिल लघुवित्तको नाफा २८२ दशमलव ८२ प्रतिशतले बढ्यो

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमास अर्थात् तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८२ दशमलव ८२ प्रतिशतले खुद नाफा बढाएको छ । विवरणअनुसार लघुवित्तले असोज मसान्तसम्ममा एक करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको…

Read More

लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा, लाभांश प्रस्ताव मुख्य एजेन्डा

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० मांसिरमा साधारण सभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने दशमलव ३७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन, कमलपोखरीमा १०औँ वार्षिक साधारणसभा आह्वान गरेकाे हो । सभामा चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि सात दशमलव ३७ प्रतिशत नगद…

Read More

मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा

मनकामना स्मार्ट लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । लघुवित्तको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र मनकामनाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् । साविकको मनकामना…

Read More

महुली लघुवित्तको २६ प्रतिशत बोनस सेयर घोषणा

महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको शनिबार बसेको सञ्चालक समितिको बैठकले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । घुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम…

Read More

स्वरोजगार र आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा स्वरोजगार र आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार स्वरोजगार र आशा लघुवित्तको २५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । नेप्सेले स्वरोजगार लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ १२ सय ७२ रुपैयाँ निर्धारण गरेको छ । स्वरोजगारले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न…

Read More

एनएमबी लघुवित्तको २२.६३ % लाभांश घोषणा

एनएमबी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको ११ कात्तिकमा बसेको बैठकले हाल कायम चुक्ता पुँजीको २१ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसअनुसार लघुवित्तले ११ करोड ६० लाख रुपैयाँ…

Read More

डिप्रोक्सको नाफामा ९.३३ प्रतिशत गिरावट

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको वित्तीय विवरणअनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको देखिन्छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा पनि सामान्य गिरावट आएको छ । खुद ब्याज आम्दानी एक दशमलव २० प्रतिशतले घटेर ३५ करोड…

Read More

नाडेप लघुवित्तले घोषणा गर्‍याे २१ दशमलव ०५३ प्रतिशत लाभांश

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १० कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ०५३ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो…

Read More

गणपति लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन…

Read More

गुराँस लघुवित्तको सेयर मुल्य समायोजन

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सोमबार (आज) संस्थाको १६ दशमलब ९० प्रतिशत बोनसपछिको सेयर मुल्य समायोजन गरेको हो । नेप्सेले सेयर मुल्य समायोजन गरेसँगै संस्थाको सेयर मुल्य प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँ कायम भएको छ । आजको सेयर बजारमा कम्पनीको पहिलो…

Read More

स्वरोजगार लघुवित्तको कात्तिक २७ मा साधारणसभा, २५ प्रतिशत बोनस सेयर दिने,

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा १३औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । साधारणसभा तथा लाभांश वितरणका लागि लघुवित्तले १२ देखि २७ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ ।…

Read More

सिभिल लघुवित्तको साधारणसभा २८ कात्तिकमा

लाभांश प्रस्ताव पास गर्ने मुख्य एजेन्डासहित सिभिल लघुवित्त वित्तीय संस्थाले २८ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले १४ कात्तिकमा बुक क्लोज गर्नेछ । यसअनुसार १३ कात्तिकसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् । सभामा १९ प्रतिशत बोनस सेयर र…

Read More

सामलिङ्ग पावरको आईपीओ भोलिदेखि निष्काशन

सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारण सेयर ९आईपीओ० निष्काशन खुला गर्ने भएको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि र…

Read More

साधना लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपश्चात लघुवित्तको सेयर मूल्य १ हजार ४१५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार…

Read More

ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । ग्लोबल आइएमई लघुवित्तले हाल कायम चुक्तापूँजी ४३ करोड १७ लाख १० हजार रुपैयाँको आधारमा उक्त बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । कम्पनीको असोज १९ गतेको सञ्चालक समितिको बैठले प्रस्ताव गरेको यो लाभांश नेपाल…

Read More

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितको दबाबमूलक धर्ना

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतिघरमा सुरु गरेको दबाबमुलक धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउँदै अध्यक्ष भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बूढीगण्डकी जलविद्युत् आयोजनाको काम ८ वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन नसक्नु लज्जास्पद र…

Read More

नेशनल हाइड्रोपावरसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

भदौ ३१, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तीन घण्टाको अवधिमा नेशनल हाइड्रोपावरसहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । उक्त अवधिसम्ममा नेशनल हाइड्रोपावर,सिद्धार्थ इन्भेष्टमेण्टग्रोथ स्किम २, नबिल इक्विटी फण्ड,सिटिजन्स बैंक इन्टरनेशनल र सिभिल…

Read More

बंगलादेशबाट मल ल्याउन भारतले सहजीकरण गर्ने

५ भदौ, काठमाडौं । बंगलादेशबाट नेपालले पैंचामा मागेको मल नेपाल ल्याउन भारतले सहयोग गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसाल र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राबीच सोमबार कृषि मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले यस्तो बताएको मन्त्रालयले जनाएको छ । ‘नेपालले बंगलादेशबाट आयात गर्न लागेको ५० हजार टन युरिया मलको आपूर्तिमा…

Read More