नेशनल हाइड्रोपावरसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

भदौ ३१, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तीन घण्टाको अवधिमा नेशनल हाइड्रोपावरसहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । उक्त अवधिसम्ममा नेशनल हाइड्रोपावर,सिद्धार्थ इन्भेष्टमेण्टग्रोथ स्किम २, नबिल इक्विटी फण्ड,सिटिजन्स बैंक इन्टरनेशनल र सिभिल बैंकको शेयरमा उच्च खरीद माग रहेको छ ।

ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी नेशनल हाइड्रोपावरको ३ लाख ३४ हजार ३२३ कित्ता शेयर खरीद माग रहेको छ ।

त्यसैगरी सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ कोे २ लाख ३५ हजार ३०० इकाइ,नबिल इक्विटी फण्डको २ लाख २८ हजार ४३०,सिटीजन्स बैंकको १ लाख ८५ हजार ४६३ कित्ता र सिभिल बैंकको १ लाख ६४ हजार २७९ कित्ता शेयर खरीद माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *