सिभिल लघुवित्तको नाफा २८२ दशमलव ८२ प्रतिशतले बढ्यो

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमास अर्थात् तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८२ दशमलव ८२ प्रतिशतले खुद नाफा बढाएको छ । विवरणअनुसार लघुवित्तले असोज मसान्तसम्ममा एक करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२० दशमलव ३८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २४३ दशमलव ६५ प्रतिशत बढेको छ । लघुवित्तले सो अवधिसम्ममा २७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ७२ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट दुई अर्ब चार करोड ६८ लाख रुपैयाँ सापटी परिचालन गरी तीन अर्ब १५ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले पाँच करोड २१ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी र दुई करोड १९ लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी सात दशमलव ६१ प्रतिशत बढेको छ भने जगेडा कोष २५६ दशमलव ६९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी समीक्षा अवधिमा १३१ दशमलव ८१ प्रतिशत बढेको छ भने निक्षेप ६७ दशमलव ०५ प्रतिशत र कर्जा १०६ दशमलव ९३ प्रतिशत बढेको छ।

चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार रुपैयाँ छ । नाफा बढेसँगै लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी पनि १८ दशमलव ५० रुपैयाँले बढेर २५ दशमलव ७३ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा अनुपात घटेर एक दशमलव ८८ प्रतिशतमा झर्दा प्रतिसेयर नेटवर्थ १५३ दशमलव २० रुपैयाँ, कोषको लागत छ दशमलव २६ प्रतिशत र मूल्य आम्दानी अनुपात ५२ दशमलव १२ गुणा छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *