अस्ट्रियामा अरुको सहयोगमा आत्महत्या गर्न पाइने

युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा  कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् । एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी कानुन बनाएको थियो । यो अभ्यासलाई कडा निगरानी गरिनेछ । आत्महत्या रोज्ने कुनै व्यक्तिको निर्णयलाई सरकारी चिकित्सकको सिफारिशपछि स्वीकृति…

Read More

जेम्स वेब टेलिस्कोपः जसले पत्ता लगाउनेछ ब्रह्मान्डको रहस्य

ब्रह्मान्डको पहिलो तारा खोज्ने लक्ष्यसहित जेम्स वेब टेलिस्कोप अन्तरिक्ष यात्रामा निस्किएको छ । एरियन रकेटमार्फत अमेरिकी अन्तरिक्ष निकाय नासाले सो टेलिस्कोप प्रक्षेपण गरेको हो । यसलाई इतिहासकै सबैभन्दा ठूलो टेलिस्कोप बताइएको छ । पृथ्वीको कक्षमा ३० मिनेटभन्दा थोरै समय उडेपछि वेब अन्तरिक्षतर्फ प्रस्थान गरेको थियो । सो टेलिस्कोप पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्नेछ ।…

Read More

आँखामा देखिन्छ घरेलु हिंसाको प्रमाण

यशोदा जिएमलाई श्रीमान वीरबहादुरले भदौ पहिलो साता कुटपिट गरे । घरायसी कुरामा भएको सामान्य विवादले उनले कुटाइ खानु प¥यो । कुटपिटपछि उनको आँखामा चोट लाग्यो । चोटका कारण आँखा रातो निलो हुन थाल्यो । तर, उनले यसबारे कसैलाई बताउन चाहिनन् । आँखामा लागेको चोटबारे उनले विभिन्न बाहना बनाएर टार्दै गइन् । आँखाको भाग विस्तारै गाढा…

Read More

प्रहरी र बन्दकर्ताबीच झडप, आधा दर्जन सवारीसाधन तोडफोड

किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको हो । किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरीपछि ती किसानलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल घोषणा…

Read More

सरकारले दियो क्रिसमस डेमा सार्वजनिक बिदा

इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा मनाइने क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । क्रिसमस डे शनिबार विश्वभर मनाइँदैछ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा १० पुस अर्थात भोलि शनिबार सार्वजनिक बिदा दिइएको जानकारी दिए । बैठकले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा…

Read More

सञ्जीवराज रेग्मी बने सर्वाेत्कृष्ट सरकारी वकिल

महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वाेत्कृष्ट वर्ष सरकारी वकिल बनेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा उनी सर्वाेत्कृष्ट वर्ष सरकारी वकिल बनेको जानकारी दिइएको हो । वर्ष वकिल भएपछि उनले प्रभावकारी रूपमा संवैधानिक र कानुनी जिम्मेवारी वहनमा कुनै कमी आउन नदिने बताएका छन्  ।सोही कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता र पूर्वनायव महान्यायाधिवक्ताहरूलाई सम्मान गरिएको छ ।…

Read More

चार्ल्स शोभराजलाई थुना राखेकोबारे सर्वाेच्चको कारण देखाउ आदेश

सर्वाेच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेकोबारेमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो । उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ । सिरियल किलरको उपाधि पाएका शोभराजले प्रधानमन्त्री…

Read More

भारतको अदालतमा बम विस्फोट, २ जनाको मृत्यु

भारतमा पन्जाब प्रान्तको लुधियाना सहरमा अवस्थित एउटा अदालतभित्र बम विस्फोट भएको छ । बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार दिउसो करिब साढे १२ बजेर अदालतको बाथरुममा विस्फोट भएको थियो । विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ । विस्फोट लगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको…

Read More

ग्रिसमा गाडी दुर्घटना : मृतक नेपाली चारैजनाको सनाखत

ग्रिसमा चार जना नेपालीको मंसिर पहिलो साता भएको सवारी दुर्घटनामा परीे मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको नेपाली राजदूतावास भियनाले बताएको छ । मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला…

Read More

विश्वका ८९ मुलुकमा फैलियो ओमिक्रोन

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ८९ मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको जनाएको छ । कहीं कतै यात्रा नगरेका व्यक्तिहरुमा समेत ओमिक्रोन देखिन थालेपछि समुदायमा समेत भाइरस फैलिसेको भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको छ । दुई तीन दिन भित्रमा अहिले देखिएको भन्दा ओमिक्रोन…

Read More

२०२१ मा छुट्टिएका यी चर्चित जोडी

बलिउड र हलिउडमा केही यस्ता जोडी छन्, जसको डिभोर्सको खबरले उनीहरुका फ्यानलाई निकै दुःखी बनायो । सन् २०२१ लाई हेर्ने हो भने बलिउडदेखि हलिउडसम्मका केही लोकप्रिय जोडीको सम्बन्धविच्छेदले सामाजिक सञ्जालदेखि फिल्म उद्योगमै तरंग ल्याइदियो । करण मेहरा र निशा रावल टेलिभिजनको सुन्दर जोडी करण मेहरा र निशा रावलका लागि सन् २०२१ दुःखदपूर्ण रह्यो । सन्…

Read More

आइतबार सार्वजनिक बिदा

सरकारले ४ पुस आइतबार उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर मन्त्रिपरिषद्को १ पुस २०७८ मन निर्णयअनुसार आइतबार देशभर सम्बन्धित् समुदाय र काठमाडौं उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको जानकारी दिएको छ ।

Read More

सिन्धुपाल्चोक र काभ्रेबीच सीमा विवाद चर्किंदै

सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवाद चर्किंदै गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित एक सय घरधुरीको नागरिकले आफूले भोगचलन गरेकाको जग्गाको लालपूर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधावाट बञ्चित भएको उनीहरूको गुनासो छ । ‘हामीसँगै बसोवास गर्ने धेरै परिवारमा आमा काभ्रे छोराछोरी सिन्धुको बासिन्दा छौ’, चौतारा साँगाचोकगढी ११ तस्बिर माझीले…

Read More

कैदीबन्दीको उपचारको क्रममा मृत्युु

राजविराज कारागारका एक जना कैदीबन्दीको शुक्रवार मृत्यु भएको छ । पेट दु:खेपछि उपचारका लागि अस्पताल भर्ना गर्ने क्रममै ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो । कारागारका जेलर सुमन कोइरालाले बिहान ८ बजेतिर पेट दुख्यो भनेपछि उपचारको लागि खतिवडालाई निजी क्लिनिकमा लगेपछि उनी क्लिनिकमै बेहोस भएको उनलाई तत्कालै गजेन्द्रनारायण सिंह अस्पतालको इर्मेजेन्सी वार्डमा भर्ना गराईको…

Read More

प्रतिस्पर्धी सुन्दरीमा कोरोना देखिएपछि ‘मिस वर्ल्ड २०२१’ स्थगित

कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’ स्थगित भएको छ । आयोजकले प्रतियोगितामा सहभागी कैयौं प्रतिस्पर्धीलाई कोरोना संक्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ । प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो । तर समापनअघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् । प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउन्टमा आयोजकले…

Read More

चौथो राष्ट्रिय झण्डा दिवस मनाइयो

बिहीबार चौथो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । ‘राष्ट्रिय झण्डाको सम्मान, राष्ट्रको शान राष्ट्रको स्वाभिमान’ भन्ने नाराका साथ बिहीबार चौथो राष्ट्रिय झण्डा दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको अगुवाइमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सांस्कृति ¥यालीसहित झण्डा दिवस मनाइएको हो । राष्ट्रिय पोशाक संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको परिकल्पानमा २०७५ सालदेखि राष्ट्रिय झण्डा दिवस…

Read More

अमेरिकाको आँधीमा मृत्यु हुने १०० पुगे

अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ । आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको छ । आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन्…

Read More

ओमिक्रोन डेल्टाभन्दा हल्का किसिमको, मुख्य लक्षणहरु यस्ता छन् !

दक्षिण अफ्रिकी डाक्टरहरुले कोरोना भाइरसको नयाँ भेरियेन्ट, ‘ओमिक्रोन’ को असर अहिले विश्वभर व्याप्त डेल्टा भेरियेन्ट भन्दा ‘माइल्ड’ अर्थात् हल्का किसिमको भएको बताइरहेका छन् । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियेन्टबारे अहिले नै कुनै निष्कर्ष निकाल्न नसकिने बताइरहे पनि विज्ञहरु यसबारे निरन्तर अध्ययन गरिरहेका छन् ।‘साउथ अफ्रिकन मेडिकल असोसिएसन’ की प्रमुख डाक्टर एन्जेलिक कोएटजी यो भेरियेन्टको उत्पत्ति…

Read More

मुस्ताङमा लगातार हिमपात, तापक्रम माइनस १५ डिग्री सेल्सियस

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आशिंक हिमपात भएको छ भने मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएको कारण चिसोले जनजीवन प्रभावित भएको हो । मुस्ताङमा हिउँद याम सुरु भएपछिको पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङमा आंशिक हिमपात भएसँगै…

Read More

आगलागीबाट ७० लाख बराबरको क्षति

सुनसरीको धरान उपमहानगरपालिका-६ मा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । पानबारीस्थित लिम्बूचैरीका रामबहादुर खड्काको दुई तले काठको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीको कारण नखुले पनि विद्युतीय सर्टका कारण आगलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार श्रीमान् श्रीमती…

Read More