उनले एएफपीसँग भनेकी छन्, “यसमा उनीहरु अत्याधिक थकानका कारण अस्पतालसम्म आउनु परेको थियो । साथै अधिकांश बिरामीमा मांसपेसी दुख्ने, घाँटी चिलाउने र सुख्खा खोकी बढी देखियो । ”
दक्षिण अफ्रिकाको सल्लाहकार समितिमा आबद्ध डाक्टर कोएट्जीले ‘ओमिक्रोन’ संक्रमण डेल्टा भेरियेन्टसँग क्लिनिकल रुपमा मेल नखाने भनेर स्वास्थ्यकर्मीहरुलाई नोभेम्बर १८ मै सचेत गराएकी थिइन् । त्यसबेलाका १८ कोभिड बिरामीले तुलनात्मक रुपमा फरक लक्षण देखाएका थिए ।
उनले रोएटर्ससँग भनेकी छन्, “त्यो चरणमा ती लक्षणहरु फरक तर साधारण भाइरल संक्रमणकै थिए । र हामीले विगत आठ दश हप्तादेखि कोभिड १९ बारे केही नयाँ खोज नगरेको हुँदा यसबारे परीक्षण गरिहाल्ने निर्णय लियौँ ।
हामीले तेस्रो लहरका बेलामा डेल्टा भेरियेन्टबाट संक्रमित धेरै बिरामी देख्यौँ । तर अहिलेका संक्रमित क्लिनिकल रुपमा डेल्टा जस्तो पटक्कै थिएनन् । यसमा सबै लक्षणहरु एकदमै हलुका किसिमको थियो । कसैलाई पनि आइसीयुमा भर्ना गर्नुपर्ने खालको थिएन । ”
उनका अनुसार डेल्टा जसरी मानिसहरुमा स्वाद या गन्ध थाहा नपाउने पनि भइरहेको थिएन । त्यस्तै अक्सिजनको स्तरमा ठूलो गिरावट पनि देखिएन । र यी सबै लक्षण नयाँ भेरियेन्टसँगै जोडिन पुग्यो । त्यसैले प्रायः बिरामीहरु घरमै बसेर ठीक हुन योग्य ठहरिए ।
साथै यसमा उनले उपचार गरेकाहरुमा ओमिक्रोनको लक्षण भएका ५० प्रतिशत बिरामीले कोभिड खोप लगाएका थिएनन् । यसअघि दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका डाक्टर उन्बेन पिलले बिरामीहरुले रिपोर्ट गरे अनुसार ओमिक्रोनका लक्षणहरु सूचीकृत गराएका हुन् ।
उनले भनेका छन्, “हामीले अधिकतम बिरामीमा सुख्खा खोकी, ज्वरो, राति पसिना आउने र शरीर एकदमै धेरे दुख्ने जस्ता लक्षण देख्यौँ । र खोप लगाएका बिरामीहरु यसमा तुलनात्मक रुपमा राम्रो अवस्थामा हुने गरेका छन् । ”
अर्का भाइरसविद् सलिम अब्दुलले चाहिँ यो भेरियेन्ट एकदम छिटो फैलन सक्ने हुँदा बिरामीहरु छिटै बढ्ने बताए । यसको प्रमाण आफूहरुले देख्न थालिसकेको पनि उनले बताए ।
दिल्लीको स्वास्थ्य निकायहरुले पनि एक पत्रिका दैनिकसँगको रिपोर्टमा नयाँ भेरियेन्ट देखा परिरहेको क्षेत्रमा अस्पताल भर्ना हुनेको दर एकदम कम रहेको बताएका थिए । त्यस्तै विश्वव्यापी रुपमा यो भेरियेन्टका कारण मृत्यु भएको पनि कुनै रेकर्ड छैन ।
अहिलेका लागि यसले एकदम हलुका असर गर्ने, धेरै थकान पैदा गर्ने र घाँटीमा समस्या ल्याउने जस्ता लक्षण देखाइरहेको बताइएको छ