आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने सरकारको घोषणा 

सरकारले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने गरी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले थप १० लाख पर्यटक भित्र्याउने गरी आर्थिक वर्ष २०७९/८० मा समग्र पर्यटन क्षेत्रका लागि नौ अर्ब ३८ रुपैयाँ बजेट विनियोजना गरेको बताएका छन् ।  आइतबार बजेट भाषणका क्रममा उनले नयाँ पुस्तालाई नेपाल भ्रमणमा आकर्षण गर्ने गरी अभियान चलाइने,…

Read More

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घट्यो

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८/८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६ प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ । कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन सङ्ख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष…

Read More

दुई वर्षपछि विदेशी पर्यटकका लागि जापान खुला

दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ । जापानले काेभिड भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको थियो ।  सन् २०२० मा सम्पन्न  टोकियो ओलम्पिक खेलमासमेत विदेशी आगन्तुकहरूलाई प्रतिबन्ध लगाएको थियो । विदेशी वासिन्दा र व्यावसायिक…

Read More

खप्तड आउने पर्यटकका लागि अझै बन्न सकेनन् आवास गृह

सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आवास सुविधा तथा सहजताका लागि निर्माण गरिने भनिएका आठ भवन दुईवर्ष बित्दासमेत बन्न सकेका छैनन् । कम्तीमा पनि १५० पर्यटकलाई सुविधायुक्त तरिकाले बस्न मिल्ने भवन निर्माण गर्न दुई वर्षअघि नै निर्माणको प्रक्रिया सुरु भएको भए पनि अहिलेसम्म भवन निर्माण हुनसकेका छैनन् । सात महिनाभित्र निर्माण सम्पन्न…

Read More

मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर परिचित तुल्याउँछ : देउवा

भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतम बुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्दत पुगेको बताएका छन् । २५६६औँ बुद्ध जयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर लगायतका भ्रमणले दुवै देशका जनता बीचको साँस्कृतिक समबन्ध थप बलियो भएको बताए । मोदीको भ्रमणले दुई…

Read More

चार महिनाम एक लाख ३७ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

कोरोना महामारीको जोखिम घटेसँगै नेपाल भित्रने पर्यटकको संख्या बढ्न थालेको छ । अध्यागमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको पहिलो चार महिनामा विभिन्न देशबाट नेपालमा कुल १ लाख ३७ हजार ९५ जना पर्यटक आएका छन् । जनवरीमा १६ हजार ९७५, फेव्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६ जना र अप्रिलमा ५८ हजार ३४८ जना…

Read More

शनिबार र आइतबार बिदा दिने निर्णयकाे पर्यटन व्यवसायीले गरे स्वागत

पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । सरकारी निर्णयले पर्यटनमा सकारात्मक सन्देश दिएको व्यवसायीहरूको बुझाइ छ । कोरोना संक्रमणका कारण थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ । सरकारले आगामी १ जेठबाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा…

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिएकोमा स्थगित भएको थियो । बिहीबार नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णका अनुसार परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमको विमान काठमाडौं विमानस्थलबाट बिहीबार दिउँसो ३ बजे…

Read More

नेपालका हिमाल आरोहण गर्न ८८६ जनाले पाए अनुमति, ४५ करोड राजस्व संकलन 

यसवर्ष नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई अनुमति दिएको हो । विभागका अनुसार यसवर्ष ११० समूहले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । ती समूहमा ६९२ जना पुरुष र १९४ जना महिला रहेका छन् । सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि अनुमति लिएका…

Read More

अनलाइन होटल बुकिङ अब ‘होटल संसार’बाट

नेपालकै पहिलो अनलाइन होटल बुकिङ पोर्टल होटल संसार डटकम सुरु भएकाे छ । पर्यटन व्यवसाय चलायमान हुन थालेपछि समग्र होटल व्यवसायलाई प्रवर्द्धन गर्नेगरी उद्धव अधिकारीले अनलाइन होटल बुकिङ प्लेटफर्म निर्माण गरी सन्चालनमा ल्याएका हुन् । होटल संसार डटकमका सिइओ समेत रहेका अधिकारीले नेपाली होटल व्यवसाय उकास्ने  योजना बनाएर अनलाइन बुकिङ गर्ने प्रविधि सुरु गरेकाे बताए । ‘हामीसँग…

Read More

ऐतिहासिक बोकाचोगढीदेखि मालीगाउँसम्म पर्यटकीय गन्तव्य बन्दै

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ऐतिहासिक बोकाचोगढी अचेल आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको छ । पाँच वर्ष अगाडिसम्म निकै ओझेलमा परेको यो गढी जनप्रतिनिधिको आगमनसँगै यसले स्वरुप फेरिएपछि अचेल आन्तरिक गन्तव्य बन्न थालेको हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा भक्तपुर आक्रमण गर्नु अगाडि बङ्कर बनाएर बसेको २१०० फिट माथिको उचाइमा रहेको यो गढीमा वडाध्यक्ष…

Read More

वसन्तमा ७३ देशका ८ सय ४४ जनाले नेपालका हिमाल आरोहण गर्न लिए अनुमति

पर्यटन विभागका अनुसार यो वर्षको वसन्त याममा नेपालका हिमाल आरोहणका लागि अहिलेसम्म अनुमति लिनेको सङ्ख्या आठ सय ४४ जना पुगेको छ । २३ वटा हिमाल आरोहणका लागि ७३ देशका आठ सय ४४ जनाले अनुमति लिएका विभागले जनाएको हाे । हिमाल आरोहणका लागि अनुमति लिनेमध्ये ६ सय ५८ जना पुरुष र एक सय ८६ जना महिला…

Read More

आठ महिनामा पर्यटन क्षेत्रको आय साढे १४ अर्ब

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको जनाएको छ ।कोरोना महामारीको जोखिम कम भएसँगै बढेको पर्यटकको संख्याले पर्यटन क्षेत्रको आय बढेको मन्त्रालयले जनाएको हो ।सन् २०२२ को मार्चसम्म नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७८ हजार ७४७ पुगेको छ । गत वर्षको सोही अवधिमा…

Read More

घलेगाउँमा सेल्फी स्टेशन

नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेशन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्बिर खिच्न सेल्फी स्टेशन निर्माण भएको हो । घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको माग र आवश्यकताअनुसार सेल्फी स्टेशन निर्माण गरेको हो । स्थानीय पर्यटन समितिले पाँच लाख रुपैयाँ खर्च गरेर सेल्फी स्टेशन निर्माण गरेको समिति…

Read More

लुम्बिनी विकास कोष: ४४ वर्षमा ८५ प्रतिशत गुरुयोजनाको काम

गौतमबुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनीको गुरुयोजना बनेको ४४ वर्ष भयो । लुम्बिनी विकास कोषको समय गुरुयोजना सम्पन्न गर्ने भाषणमै बितिरहेको छ । विश्वस्तरीय शान्ति केन्द्र र पर्यटन केन्द्रको रूपमा विकास गर्न गुरुयोजना बनेको हो । १ डिसेम्बर १८९६ मा ब्रिटिस इन्डियाका पुरातत्वविद् डा.एलोइस् एन्टोनी फुहाररले नेपालको लुम्बिनी गौतम बुद्धको पवित्र जन्मस्थल हो भन्ने आधिकारिकता दिलाएपछि सन् १९७८ मा लुम्बिनी विकासको…

Read More

रुस र युक्रेनसहित ७० देशका ७३८ जनाले लिए नेपालका हिमाल आरोहणको अनुमति

यसवर्ष नेपालका विभिन्न हिमाल आरोहण गर्न रुस र युक्रेनसहित विश्वका ७० देशका ७३८ जना आरोहीले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई आरोहणको अनुमति दिएको हो । विभागका अनुसार हालसम्म ९० समूहमा ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन् । यसवर्ष सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्…

Read More

पुम्दीकोट विकासका लागि भोलिदेखि महायज्ञ, ६ करोड उठाउने लक्ष्य

पोखराको पुम्दीकोट क्षेत्रको विकासका लागि भोलिदेखि महायज्ञ गर्न लागिएको छ । पोखरा–२२ स्थित पुम्दीकोटमा आइतबारदेखि १२ बैशाखसम्म महायज्ञ हुन लागेको हो । पुम्दीकोटमा महादेवको मुर्ति निर्माण परियोजना अन्तर्गत बाँकी रहेका योजना पूरा गर्न दोश्रो पटक महायज्ञ गर्न लागिएको हो । निर्माण कमिटीसँग अहिले करिक चार करोड ऋण छ । उक्त ऋण तिर्ने र बाँकी काम…

Read More

१ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्न दर्शनार्थीको भिड

धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको सिरहाको सलहेश फूलबारीमा रहेको रुखमा १ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको बुधबार बिहानैदेखि भिड लागेको छ । फूलबारीभित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर) मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने जनविश्वास छ । तराईका पासवान जातिको…

Read More

अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो

कोरोना भाइरस र बाढीपहिरोको बितण्डामा ढप्प भएकाे लमजुङकाे  पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएकाे छ । झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन् ।दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ पदयात्रा गर्ने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने वाह्य पर्यटक केही समययता बढ्दै गएको हो । पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायीमा उत्साह छाएकाे छ। मंसिर र…

Read More

सूर्योदयमा पहिलो ‘माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज’ हुँदै

इलामको सूर्योदय नगरपालिकामा आगामी बैशाखमा पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज हुने भएको छ । ११ किलाेमिटर दुरीमा हुने प्रतियाेिगता ३० बैशाखमा हुने आयाेजकले जनाएकाे छ । प्रतिस्पर्धाका विजेताले २० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेछन् । प्रतिस्पर्धामा ३० वर्ष वा सोभन्दा बढी उमेर समूहकाले सहभागीता…

Read More