कोभिडले थला पारेको पर्यटन प्रवर्द्धन गर्न महोत्सव

लमजुङ सदरमुकाम बेँसीसहरमा गण्डकी प्रदेशस्तरीय सातौ लमजुङ महोत्सव आयोजना गरिएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड १९ पछिको व्यवसाय पुनर्स्थापन’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले कोरोनाले थला पारेको व्यवसाय ,परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार…

Read More

कोभिडका कारण दुई वर्षपछि लाग्यो हलेसीमा रामनवमी मेला

रामनवमीको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा रामनवमीको अवसरमा आइतबार बिहानदेखि दर्शनार्थीको बाक्लो भिड लागेको हो । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा कोभिड–१९ को महामारीका कारण दुई वर्षपछि रामनवमी मेला लागेको हो । कोभिड–१९ को महामारीका कारण हलेसीमा २०७६ र २०७७…

Read More

यसवर्ष नेपालमा विभिन्न हिमाल आरोहण गर्न ५०५ जना लिए अनुमति, करिव ३० करोड राजस्व संकलन 

यसवर्ष नेपालका १८ वटा हिमाल आरोहण गर्नको लागि ५०५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यसवर्ष हालसम्म ६१ वटा समूहलाई हिमाल आरोहणको अनुमति दिइएको छ । ती समूहमा ३८९ पुरुष र ११६ जना महिला गरी कूल ५०५ जना रहेका छन् । यसवर्ष सबैभन्दा बढीले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्नको लागि अनुमति…

Read More

चौतारा दारेगौंडामा बन्यो ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क

चौतारा साँगाचोकगढी  नगरपालिका-६ स्थित दारेगौंडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमासहितको  बुद्धपार्क बनेको छ । पर्यटन प्रवर्द्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजनाअनुरुप नगरपालिकाको नगर गौरवको योजनाअनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क बनेको हो । सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै आरामदायी यात्रासँग पुग्न सकिने उक्त बुद्धमूर्ति ६७ फिट अग्लो छ । अरनिको राजमार्गको सुकुटे…

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५८ पैसा र बिक्री दर १२१ रुपैयाँ १८ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा छ । यूके…

Read More

पर्यटन नीति बनाउन व्यवसायीको माग

पर्यटन वयवासीले पर्यटन नीति बनाउन  सरकारसँग माग गरेका छन् । होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २१औं वार्षिक साधारण सभामा बोल्दै व्यवसायीले तिन‌ै तहको सरकारले नीति बनाउन माग गरे । पर्यटन क्षेत्रको विकास गर्ने गरी राज्यको स्पष्ट पर्यटन नीति नभएकाले पर्यटन व्यवसाय सञ्चालनमा समस्या भएको व्यवसायीले औंल्याए । उनीहरूले पर्यटन र कृषि क्षेत्रको विकासमा राज्यले…

Read More

साँफेबगर नगरपालिकाका ज्येष्ठ नागरिककाे देश दर्शन

साँफेबगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई देश दर्शन गराएको छ । नगरपालिकाको ज्येष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रम अन्तर्गत देश दर्शन गरेर साँफेबगर नगरपालिकाका २८ जना वृद्धवृद्धा फर्किएका छन् । ८ चैतमा देश दर्शनको लागि हिँडेका ज्येष्ठ नागरिक देशका महत्वपूर्ण धार्मिक क्षेत्रको भ्रमण गरेर नाै दिनपछि बुधबार नगरपालिका फर्किएका छन् । डडेल्धुराको उग्रतारा, नेपालगञ्जको बागेश्वरी, लुम्बिनी, नवरपरासीको मन्दिर, पशुपतिनाथको दर्शन, केबुलकारको यात्रा, पोखरा,…

Read More

सुखीहरूको गाउँ घले गाउँ, २ वैशाखमा घाेषणा गरिने

२०४० को दशकसम्म घलेगाउँ दुर्गम पिछडिएको र गरिव गाउँको रुपमा चिनिन्थ्यो । ग्रामीण पर्यटनको विकासबाट घलेगाउँलाई आत्मनिर्भर बनाउन २३ वैशाख २०५७ प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो । फागुन २०६४ मा दक्षिण एसियाकै नमूना गाउँ (सार्क भिलेज)का साथै १७ मंसिर २०७६मा  स्मार्ट भिलेज घोषणा गरिएको थियो । घलेगाउँलाई…

Read More

छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला हुने

भक्तपुरमा छैटौँ भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ हुने भएको छ । ‘औद्योगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा मेला हुन लागेको हो । ‘नयाँ वर्ष नयाँ सोच युवाको लागि छ प्रगतिको स्रोत’ नाराका साथ २४ चैतदेखि ४ वैशाखसम्म मेला हुन लागेको हो । मेला सल्लाघारी तीनकुनेमा हुनेछ । मेलाका…

Read More

लुम्बिनी विकास कोषले ५८ वर्षसम्म चासो नदिँदा ऐतिहासिक महेन्द्र स्तम्भ जिर्ण (फाेटाेफिचरसहित)

ऐतिहासिक धार्मिकस्थल लुम्बिनीस्थित महेन्द्र स्तम्भ संरक्षण अभावले जिर्ण हुँदै गएको छ । ५८ वर्षअघि बुद्धजयन्तीकै दिन उद्घाटन भएको स्तम्भ बुद्ध जन्मस्थल मायादेवी मन्दिरसँगै रहे पनि लुम्बिनी विकास कोषकाे बेवास्ताले जिर्ण बनिरहेकाे छ । २५ वैशाख २०२० मा मन्दिरकै केही मिटर दुरीमा रहेको तात्कालिन राजा महेन्द्रले याे ऐतिहासिक स्तम्भ बनाएका थिए । लुम्बिनीलाई आजकाे लुम्बिनी बनाउन सुरुवातमा मुख्य…

Read More

रारामा नेचर गाइड अलपत्र

कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा आउने बाह्य तथा आन्तरिक पर्यटकहरूकाे  सहजको लागि तयार पारिएको नेचर गाईट पछिल्लो समय अलपत्र अवस्थामा परेको छ । रारा राष्ट्रिय निकुञ्जले राराको जैविक विविधता, वन्यजन्तु, चराचुरुङ्गी र पदमार्गलाई लक्षित गरि दुई वर्ष पहिले रारा आथित्य सत्कारका लागि नेचर गाइड सञ्चालनमा ल्याएको थियो । तर, पछिल्लो समय मध्यवर्ती क्षेत्र समिति र वार्डेनले नेचर गाइडको लागि…

Read More

हलेसीमा दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन

खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट दुई सातामा ४ लाख ४३ हजार भेटी स‌ंकलन भएको छ ।  १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान तथा दान पेटिकाबाट ४ लाख ४३ हजार २३० रुपैयाँ भेटी संकलन भएको हो । हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ३५० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान…

Read More

चोलुङ पार्कमा पर्यटक लोभ्याउँदै गुराँस

तेह्रथुमको चोलुङ पार्कमा फुलेको रत्ताम्यै गुराँसले पर्यटकलाई स्वागत गरीरहेको छ । पार्कको छेउमा फुलेको गुराँससँगै यतिबेला सेल्फी लिने र टिकटक बनाउनेको भिड लाग्न थालेको छ । पार्कमा फुलेको गुराँससँग रमाउन स्थानीय तथा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको स्थानीयबासीको भनाइ छ । यही कारण तिनजुरे मिल्के जलजले (टिएमजे)को प्रवेशद्धारको रुपमा रहेको पार्क पर्यटकले भरिभराउ बन्न…

Read More

पोखराको लेकसाइडमा फेवा नव बर्ष महोत्सव हुने

होटल संघ पोखरा नेपालले १७औँ फेवा नव वर्ष महोत्सव गर्ने भएको छ । ३० चैतदेखि १ वैशाखसम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारी सुरु भएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । कोभिड १९ संक्रमणका कारण दुई वर्षसम्म महोत्सव हुन पाएन । यसपटक कोरोना केही कम भएकोले महोत्सवलाई निरन्तरता दिन लागिएको उनले सुनाए । महोत्सवलाई…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीद्वारा ग्रीन इनर्जीको प्रवद्र्धनमा जोड

सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका लागि सांकेतिक संन्देशका लागि साइकल यात्रा गरेको छ ।  इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा साईकलको प्रयोग गर्न तथा हिंडेर कार्यालय आवत जावतगर्न उत्पे्ररित गर्न साइकल र्याली गरेको छ । बैंकले इन्धन खपत घटाउने उद्देश्यले…

Read More

संरक्षण नहुँदा गुमनाम सुजेपु झरना

तेह्रथुमको लालीगुराँस नगरपालिका-९ मा रहेको सुजेपु झरना प्रचारप्रसार तथा संरक्षणको अभावमा गुमनाम बन्दै गएको छ । मध्यपहाडी लोकमार्ग नजिकै रहेको यो झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना बोके पनि संरक्षण र प्रचारप्रसार नहुँदा गुमनाम झैँ बनेको हो । बसन्तपुर बजार, लसुने, काँडे हुँदै पुग्न सकिने यो झरनामा सवारी साधानको यात्रापछि करिब आधा घण्टाको  पैदल हिँडेपछि पुग्न सकिन्छ । झरनालाई पर्यटकीय…

Read More

पोखरा–धनगढी सीधा हवाई कनेक्सन सुरु

पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान सुरु भएको छ । बुद्ध एयरले बुधबारदेखि उडान सुरु गरेको हो । नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सीधा उडान सुरु गरिएको हो । योसँगै पोखराबाट प्रदेश १ र कर्णालीबाहेक सबै प्रदेशमा सीधा हवाई कनेक्सन जोडिएको छ । धनगढीमा साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने छ…

Read More

रारा साइकल मार्ग निर्माणमा कमिसन चलखेलको आरोप

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा साइकल मार्ग निर्माण गर्न खोलेको ठेक्कामा कमिसनको चलखेल भएको व्यवसायीहरूले आरोप लगाएका छन् । कमिसनको चलखेल गरी डिभिजन वन कार्यालयले ठेक्का स्वीकृत गर्न लागेको निर्माण व्यवसायीहरूले आरोप लगाएका हुन् । उक्त ठेक्कामा क्याराभान थोदुङ, खड्का–निशान जेबी र लामा–हिमाल बुद्ध कम्पनीले आवेदन दिए । तर, आन्तरिक मिलोमतोमा हिमाल बुद्धको…

Read More

नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा

सडककाे नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत)लाई जिम्मेवारी तोकेको छ । अनुसन्धान गर्न सहायक वार्डेन राजु घिमिरेलाई जिम्मेवारी दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्याले जानकारी दिए । निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकको प्रहरी चेकपोष्ट टिकौली जंगल नजिक नालामा फसेर आइतबार एउटा भाले गैंडा मरेको थियो ।…

Read More

डोल्पा सदरमुकाम विद्युत् विहिन

सोमबारदेखि डोल्पाको सदरमुकामलगायत आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत आयोजनाको मेसिनमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । मेसिनमा खराबी आउनेबित्तिकै नेपालगन्ज मर्मतको लागि पठाएको भए पनि त्यहाँ पनि मर्मत हुन नसकेपछि बुटवल पठाएको आयोजनाका जुनियर हेल्पर मुस्कान रावलले जानकारी दिए । हिउँद याममा आलोपालो तरिकाले विद्युत् सेवा दिँदै आएको…

Read More