यस्तै निजी क्षेत्रलाई पर्यटन उद्योगमा आर्कषण गराउन विविध कार्यक्रम ल्याउने, साहसिक पर्यटनका लागि हिमाली भेगमा हिलस्टेन निर्माणका लागि ९० करोड बजेट विनियोजन गरेको बताए । उनले हिमाल आरोहणमा जाने पर्यटकलाई सहज होस् भनेर पदमार्ग निर्माण र पदमार्ग क्षेत्रमा सञ्चारको सुविधा मिलाइने बताए ।
कोभिड महामारीबाट प्रभावित पर्यटन उद्योगलाई एक वर्षको नवीकरण शुल्कमा छुट दिएको पनि उनले बताए । उनले ग्रेट हिमालयल ट्रेलको प्रर्वद्धन र विकासका लागि ३३ करोड बजेट विनियोजन गरेको पनि बताए । सहासिक पर्यटनका लागि विश्व प्रसिद्ध सगरमाथा क्षेत्रमा संग्रहालय स्थापना, हिमाली भेगमा संग्रहालय, काठमाडौंमा नेवा संग्रहालय स्थापनाका लागि पनि बजेट विनियोजन गरेको उनले बताए । पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, खानेपानी, ढलको व्यवस्थामा पनि जोड दिएको उनले बताए ।






