कागतीको मूल्य दुई गुणासम्म बढ्यो

बजारमा कागतीको मूल्य बढ्दै गइरहेको छ। भारतमा कागतीको मूल्य बढेपछि त्यसको असर परेको व्यवसायीहरूले जनाएको छ। तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको छ। बुधबारको थोक मूल्य सूचीअनुसार कालिमाटीमा कागती प्रतिकिलो तीन सय ७५ रूपैयाँसम्म बिक्री भएको देखिन्छ।

गत वर्ष यो अवधिमा कागतिको थोक मूल्य प्रतिकिलो दुई सय ४० देखि दुई सय ५० रूपैयाँसम्म थियो। अन्य बेला भने कागती एक सय १० देखि एक सय ५० रूपैयाँ किलोसम्म कारोबार हुने गरेको तथ्यांकले देखाएको छ।

भाउ महँगिएपछि दाना किन्नेका लागि कागती झनै महँगो पर्न थालेको छ। पहिले १० रूपैयाँमा ३(४ वटासम्म पाइन्थ्यो। अहिले साना दुइटालाई ५० रूपैयाँ लाग्छ। चाबहिल बजारकै कागती व्यापारीका अनुसार दाना पनि बिक्ने गरेको छ। साना दाना दस वटाको ५० रूपैयाँ तोकिएको छ भने मध्यम दाना ६ वटाको ५० रूपैयाँ तोकिएको छ।

कालिमाटी तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार एक महिनाअघिसम्म कागती किलोको डेढ दुई सय रूपैयाँसम्म बिक्री हुन्थ्यो । इन्डिया टुडेका अनुसार दिल्लीको तरकारी बजारमा कागतीको भाउ प्रतिकिलो भारू ३५० सम्म पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *