सेञ्चुरी बैंकका थप दुई शाखा पेप्सीकोला र टेकुमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकका लागि आफ्नो सेवा विस्तार गर्ने क्रममा आज फागुन १२ गतेदेखि काठमाण्डौको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्। उक्त कार्यक्रममा बैंकका सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, प्राडा गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह र स्थानीयवासीको उपस्थिति थियो।

टेकु र पेप्सीकोलामा थप दुई शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २५ पुगेको छ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले कुल शाखा संख्या १२८ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २५ शाखारहित बैंकिङ र १०७ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *