एनआईसी एशिया लघुवित्तका कर्मचारीलाई जोखिम व्यवस्थापन तालिम

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी प्रदेशका सम्पूर्ण कर्मचारीलाई जोखिम व्यवस्थापन, कर्जा असुली तथा भाघा नाघेको कर्जा व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ।

यही फागुन ९ देखि १२ गतेसम्म विभिन्न स्थानमा भएको सम्मेलनमा शाखा दैनिक सञ्चालन गर्दा देखिने जोखिम, जोखिमका प्रकार, जोखिम व्यवस्थापनका विभिन्न उपाय र गुणस्तरीय कर्जा लगानी, कर्जा सदुपयोगिता, उद्यम विकास तथा भाखा नाघेका कर्जा व्यवस्थापन, कानुनी कारबाही, वर्तमान र भविष्यमा आइपर्ने जोखिम र तिनको व्यवस्थापनलगायतका विषयमा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिस र कर्जा असुली प्रमुख विमल नेपालले सहजीकरण गरेका थिए।

सम्मेलनमा लुम्बिनी प्रदेश प्रमुख अमरनाथ सेढाई, लुम्बिनी प्रदेश अन्र्तगतका भुमही, कोटिहवा, बोडगाउँ, लमही र चपरगौडी उपप्रदेश प्रमुखहरु लगायत त्यस क्षेत्रका सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो।

सम्मेलनको समापनमा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले एनआईसी एशिया लघुवित्त सेवाग्राही सदस्यको पहिलो रोजाइ तथा अग्रणी लघुवित्त बन्न कर्मचारीलाई लगानीलाई मात्र जोड नदिई सेवाग्राही सदस्यको उद्यमशीलता विकास तथा वित्तीय साक्षरतालगायका विषयमा पनि ध्यान दिन र कर्मचारीलाई लगनशील भई कार्य गर्न निर्देशन दिएका छन्

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *