प्रधानमन्त्रीको १२ वर्ष पुरानो र्‍याप ब्याटल हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को १२ वर्ष पुरानो र्‍याप ब्याटल हटाउन माग गर्दै प्रहरीको साइबर ब्यूरोमा शुक्रबार उजुरी परेको छ ।

सो गीत महिला विरोधी तथा यौनिक, लैंगिक अल्पसंख्यक समुदायविरुद्ध घृणा जगाउने खालको भएकाले युट्युबबाट हटाउन माग गर्दै उजुरी परेको साइबर ब्यूरोले जनाएको छ ।

विवेक मगर, रोजी पुन, महिन्द्रसिंह दनुवार र पवन राई (बाबु) ले संयुक्त रूपमा दायर गरेको उजुरीमा ‘सङ्स नेपाल युट्युब च्यानल’बाट उक्त गीत हटाउन माग गरिएको छ ।

२० मिनेट १४ सेकेन्ड लामो भिडिओको लिङ्कसहितको विवरण समेत उल्लेख गरिएको उजुरीमा भनिएको छ, ‘…भिडिओमा बालेन्द्र शाह (बालेन) प्रयोग गरिएका शब्दहरू महिला विरोधी तथा अपमानजनक साथै यौनिक तथा अल्पसङ्ख्यक समुदाय विरुद्ध घृणात्मक अभिव्यक्ति समावेश गरिएको छ ।’

आवश्यक अनुसन्धान गरि कार्वाहीको माग गर्दै उजुरी दिइएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *