रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३ बिन्दुमा झरेको छ ।

यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.१७ अंकले घटेर ३७२.३७ बिन्दुमा ओर्लिएको छ ।

कारोबार अवधिभर २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँमा किनबेच भएको छ । बुधबार एक अर्ब ४० करोड रुपैयाँभन्दा माथिको कारोबार भएको थियो ।

यसदिन १३ वटै सूचक राताम्मे बनेको छ । यो दिन अन्य समूह, फाइनान्स समूह र हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् ।

बिहीबार १३ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १७१ कम्पनीको सेयरमूल्य घटेको छ । यसदिन मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ३.९२ प्रतिशतले बढेको छ ।

त्यसैगरी, अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.९१ प्रतिशतले घटेको छ । कारोबारमा भने शिवम् सिमेन्ट अब्बल देखिएको छ । शिवमले १० करोड २२ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *