साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३ बिन्दुमा झरेको छ ।
कारोबार अवधिभर २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँमा किनबेच भएको छ । यसदिन १३ वटै सूचक राताम्मे बन्यो ।
बजार घट्दा अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । सो कम्पनीको सेयरमूल्य सर्वाधिक ६.९१ प्रतिशतले घटेर ३६४ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, किसान लघुवित्त, पन्चकन्या माई हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, इमर्जिङ नेपाल लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य पनि ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
पाँचथर पावर कम्पनी, रिभर फल्स पावर, मिर्मिरे लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले पनि आज सर्वाधिक घाटा व्यहोरेका छन् ।







