सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सानिमा क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।
अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य सानिमा क्यापिटलले गर्नेछ।
Artha Sanjal






