विनोद चौधरीको राजनीतिमा आफ्नै स्वार्थ जोडिएको छ : विश्लेषक [फलोअप]

काठमाडौं । अमेरिकाको फोर्ब्स म्यागेजिनमा नेपालको पहिलो अर्बपतिका रुपमा सूचिकृत डलर अर्बपति हुन्– विनोद चौधरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनी आगमी ४ मंसिरमा हुने प्रतिनिभिसभा निर्वाचनमा पश्चिम नवपरासी क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

अन्तर्राष्ट्रिय स्तरमै एउटा सफल व्यवयायीका रुपमा स्थापित भइसकेका चौधरी आगामी प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट सत्ता गठबन्धनका साझा उम्मेदावर हुन् । २०६४ र ०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका उनी यसपाली पहिलो पटक प्रत्यक्ष चुनाव लड्दै छन् । उनले राजनीति सपार्न, राजनीतिलाई जनता र समृद्धिसँग जोडेर समृद्ध नेपाल निर्माणका लागि आफू राजनीतिमा आएको दाबी गर्ने गरेका छन् ।

तर उनको यो दाबी अपत्यारिलो भएको राजनीतिक विश्लेषकहरुको ठहर छ । राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्, ‘उद्योगीहरुले उद्योग फ्रेण्डली पोलिसीहरु बनाउँछौं भनेर चाहिँ भन्न सक्छन् । तर उनले (विनोद चौधरी) दाबी गरेजस्तो उद्यमशिलतालाई, औद्योगिकीकरणको प्रक्रियालाई अगाडि लिएर जानका लागि राजनीतिमै आउन परेको हो भन्ने त्यत्ति पत्यारिलो छैन ।’ उनी थप्छन्, ‘यहाँ काहीँ न काहीँ आफ्नै स्वार्थ जोडिएको पाइन्छ ।’

व्यवसायिक क्षेत्रबाट सन्याससमेत लिएको भन्दै सक्रिय राजनीतिमा हामिएका अर्बपति चौधरी एक महिना अघि देखि निर्वाचन क्षेत्रमा केन्द्रित छन् । विश्वका प्रतिष्ठित अर्बपतिहरुको भीडमा उभिएर हात मिलाउँदै अंकमाल गर्ने उनी राजनीति (चुनाव)का कारण सर्वसाधारणको पाउ ढोग्ने, उनीहरुसँग हात मिलाउने, बस्ने, खाने र रमाउने भएका छन् ।

‘उद्योगीहरुले उद्योग फ्रेण्डली पोलिसीहरु बनाउँछौं भनेर चाहिँ भन्न सक्छन् । तर उनले (विनोद चौधरी) दाबी गरेजस्तो उद्यमशिलतालाई, औद्योगिकीकरणको प्रक्रियालाई अगाडि लिएर जानका लागि राजनीतिमै आउन परेको हो भन्ने त्यत्ति पत्यारिलो छैन ।’ उनी थप्छन्, ‘यहाँ काहीँ न काहीँ आफ्नै स्वार्थ जोडिएको पाइन्छ ।’

करोडौंको आलिसान महलमा बस्ने उनी अहिले सर्वसाधारणको झुपडीमा बास बस्ने भएका छन् । करोडौं पर्ने गाडीमा सवार हुने उनलाई सर्वसाधारणको डेढ दुई लाख पर्ने मोटरसाइकल र रिक्सामा यात्रा गर्ने बनाएको छ ।

मतदातासँगको भेटघाटका क्रममा उनीहरुका सामान्य आवश्यक्तासमेत पूरा नगरिएको बताएका छन् । नागरिकको नैसर्गिक अधिकारभित्र पर्ने समामान्य आवश्यक्ता समेत पूरा नगरिएको देख्दा आफूलाई पीडा बोध भएको उनको भनाइ छ । ‘गरिखाने सामान्य नागरिकको माग भरपर्दो स्वास्थ्य, शिक्षा र नैसर्गिक अधिकारको प्रत्याभूती हुने वातावरणको सुनिश्चितता मात्रै हो’, चौधरीले भने, ‘तर नीहरुका सपनामाथि सधैँ खेलवाड गरियो ।

राजनीतिमा एउटा कुरा बोलेर अर्कै गर्ने प्रवृत्ति भएकाले यसलाई चौधरीको राजनीतिक कदमको रुपमा मात्र लिनुपर्ने अर्का राजनीतिक विश्लेषक सुरेन्द्र केसी बताउँछन् । ‘एक दिन गएर बस्दैमा, खाँदैमा केही हुँदैन’, बाबुराम भट्ट प्रधानमन्त्री हुँदाका उदाहरण पेश गर्दै उनले भने, ‘यसअघि बाबुराम पनि प्रधानमन्त्री हुँदा कहिले कमैयाँ गाउँमा, कहिले चेपाङ गाउँमा र कहिले दलित गाउँमा बस्थे । त्यसबाट उनीहरुको प्रतिबद्धता त्यस्तै हो भन्नु अपरिपक्व हुन्छ ।

जहाँसम्म विनोद चौधरीको कुरा छ, त्यो बाटोबाट आफूलाई राजनीतमा अघि बढाउने उनले आफ्नो शैली विकास गरेको भए त्यो उनको राजनीतिक कमद हो । हामीले के बुझ्नु पर्छ भने राजनीतिमा चाहिँ भनिन्छ एउटा गरिन्छ अर्कै ।’

विश्लेषक डा. केसीले चौधरीको राजनीतिक मोहमा स्वार्थपन लुकेको संकेत गरे । तर उनको आगामी व्यवहार र उनले चाल्ने कदमबाट मात्र सबै स्पष्ट हुने बताए । ‘अब त्यसपछि उनले के के गर्छन्, उनको कार्यशैली कस्तो हुन्छ यी सबै व्यवहार हेरौं त्यसपछि अरु कुरा भन्न सकिएला ।’

छुटाउनु भयो कि ?

डलर अर्बपति विनोद चौधरी : जसलाई राजनीतिले झुपडीका जनताको पाउ छुने बनायो [फलोअप]

सुमेरु अस्पताल चौधरी ग्रुपले किन्यो, ४० रोपनी जमीन बिक्री, सुमेरुले पैसा फिर्ता गर्न सकेन

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *