ओली–लेखक पक्राउप्रति कांग्रेस नेत्री गौतमको आलोचना: ‘एकपक्षीय कारबाहीले सुशासन आउँदैन’

काठमाडौँनेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले केपी शर्मा ओलीरमेश लेखक पक्राउ प्रकरणलाई प्रतिशोधको राजनीति भन्दै आलोचना गरेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको दाबी गर्दै एकपक्षीय कारबाहीले सुशासन स्थापना हुन नसक्ने बताइन्।

भदौ २३ र २४ गतेका घटनालाई स्मरण गर्दै उनले ती दिन भएका ध्वंस, लुटपाट, जेल तोडफोड र प्रहरीमाथि आक्रमणमा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरिन्। सिंहदरबार, अदालत र अन्य सरकारी संरचनामा आगजनी गर्नेहरूलाई उन्मुक्ति दिएर गरिने कारबाही न्यायोचित नहुने उनको भनाइ छ।

गौतमले प्रतिशोध, द्वन्द्व वा मुठभेडको वातावरण सिर्जना नगर्न चेतावनी दिँदै नागरिकले कानुनी राज्य र निष्पक्ष न्यायको अपेक्षा गरेको उल्लेख गरिन्। आफूहरू शान्ति, सुशासन र उत्तरदायित्वको पक्षमा रहेको स्पष्ट पार्दै उनले विना कुनै सर्त निष्पक्ष छानबिन र कारबाही हुनुपर्नेमा जोड दिइन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *