पक्राउ परेका केपी ओली शिक्षण अस्पतालमा भर्ना

काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा भर्ना भएका छन्। उनलाई अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा राखिएको छ।

शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि प्रहरीले उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगेको थियो।

मिर्गौला प्रत्यारोपण गराएका बिरामी भएकाले सुरुमा उनलाई अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो। त्यहाँ नेफ्रोलोजी विभागका डाक्टर रविन नेपालीसहितको चिकित्सक टोलीले उनको स्वास्थ्य जाँच गरेको अस्पताल स्रोतले जनाएको छ।

स्रोतका अनुसार रगत परीक्षण, भिडियो एक्स–रे लगायतका विभिन्न जाँच गरिएपछि उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो।

अस्पतालको रेड जोनबाट ५०१ नम्बर बेड रहेको भवनसम्म लैजाँदा भने ओलीलाई उनकै गाडी चढाएर लगिएको अस्पताल स्रोतले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *