ओली र लेखकलाई सशस्त्र प्रहरीको २ नम्बर गणमा राख्ने तयारी

काठमाडौँकेपी शर्मा ओलीरमेश लेखकलाई महाराजगन्जस्थित सशस्त्र प्रहरी बलको २ नम्बर गणमा राख्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ प्रहरी परिसरका अनुसार दुवै नेतालाई स्वास्थ्य परीक्षणपछि महाराजगन्ज लगिनेछ। उनीहरूलाई शनिबार बिहान भक्तपुरबाट पक्राउ गरिएको थियो।

पक्राउपछि प्रहरी परिसर काठमाडौँ हुँदै अस्पताल लगिएको र चेकजाँच पूरा भएपछि २ नम्बर गणमा राख्ने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *