काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार मातृका यादवलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको छ ।
यस क्षेत्रमा रास्वपाका तर्फबाट उम्मेदवार बनेका ठेकेदार किशोरी साहको उम्मेदवारी खारेज भैसकेको अवस्थामा समेत निर्वाचनमा रास्वपालाई अत्यधिक मत आएपछि रास्वपाले निर्वाचन आयोगमा पठाएको पत्रका आधारमा नतिजा सार्वजनिक गरिएको थिएन।
साहले सर्वोच्च अदालतमा अन्तरिम माग गर्दै रिट दायर गरेको तर सर्वोच्चले अन्तरिम दिन अस्वीकार गरेपछि आयोगले कायम रहेका उम्मेद्वारमा सार्वाधिक मत ल्याएका आधारमा नतिजा सार्वजनिक गर्न निर्देशन दिएको हो।
किशोर कन्स्ट्रक्सनका व्यापारी किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा पनि कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्रको वेबसाइटमै उल्लेख छ ।
Artha Sanjal






