काठमाडौं। फागुन २१ मा भएको निर्वाचनको मतगणनाको करिब अन्तिम अवस्थामा पुगेको छ।
सोमबार बिहान ६ बजेसम्मको अन्तिम मत परिणामअनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ स्थान जितेको छ। हाल रास्वपाले गोरखा १ मा लिड गरिरहेको छ।
नेपाली कांग्रेसले १७ स्थानमा जित निकालेर दोस्रो स्थानमा छ भने इलाम १ मा अग्रता लिइरहेको छ।
एमालेले ८ स्थान जित्दा संखुवासभामा अग्रता लिइरहेको छ।
नेपाली कम्युनिस्ट पार्टीले हालसम्म ७ स्थान जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा जित्दा श्रम संस्कृति पार्टीले हालसम्म ३ स्थानमा विजयी भएको छ।
यस्तै, म्याग्दीबाट महावीर पुनले स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका छन्।
Artha Sanjal






