काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ को विन्दुमा बन्द भएको छ ।
आज ३२८ कम्पनीको शेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ । आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७७ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ७१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ६६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको ५४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्रिन भेञ्चरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावर कम्पनी, सान्भी इनर्जी र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४.२२ प्रतिशतका दरले गुमाएका हुन् ।





