काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राष्ट्र बैंकद्वारा सार्वजनिक नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने संकेत दिएको प्रतिक्रिया दिएकाबताएका छन्। उनका अनुसार नीति पुँजी बजार तथा घरजग्गा क्षेत्रलाई प्रवर्द्धन गर्दै समग्र आर्थिक गतिविधिमा सकारात्मक गति दिने प्रयासका रूपमा आएको देखिन्छ।
अध्यक्ष पाण्डेले परिसंघले लामो समयदेखि माग गर्दै आएको चालु पुँजी कर्जा मार्गदर्शनको विषयमा पनि नीति लचिलो देखिएको भन्दै भनेका छन्- “हामीले यसलाई स्थगन गर्न माग गरेका थियौं। अहिले उद्योगअनुसार समीक्षा गर्ने भनिएको छ, जुन सकारात्मक छ। ‘
‘नयाँ नीतिले पहिलो घर खरिदकर्ताका लागि ८० प्रतिशतसम्म लोन–टु–भ्यालु रेसियो कायम गरेर घरजग्गा बजारलाई सहुलियत दिने संकेत दिएको छ। अन्य व्यक्तिहरूका लागि यो सीमा ७० प्रतिशत कायम गरिएको छ, जसले बजारमा माग बढाउने अपेक्षा गरिएको छ।’ उनले भने।
उनले मौद्रिक नीतिले सरकारको वित्तीय नीतिसँग समन्वय गर्दै अर्थतन्त्र पुनरुत्थानतर्फ लैजान खोजेको उल्लेख गरे। “नीतिले केवल मौद्रिक सन्तुलन मात्र होइन, वित्तीय रणनीतिमा पनि सहयोग पुर्याउने संकेत दिएको छ,” पाण्डेले भने
गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो मौद्रिक नीति ल्याएको भन्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले सहयोग गर्ने बताए । उनका अनुसार यस नीतिले कर्जा नोक्सानीको वर्गीकरण, चालुपुँजी कर्जाको पुनरवलोकन तथा खुला बजारलाई मौद्रिक नीतिले प्राथमिकता दिएको छ ।
।





