काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवाहरूका लागि विना धितो ऋण उपलब्ध गराउने घोषणा गरेका छन्
नयाँ मौद्रिक नीतिल वैदेशिक रोजगारीमा विदेश जान चाहने महिलाले ५ लाख रुपैयाँ र पुरुषले ३ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गरेका हुन् । यो कर्जा धितोबिना प्रवाह गरिने भएकाले आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ।
राष्ट्र बैंकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने यस कर्जालाई ‘विपन्न वर्ग कर्जा’ अन्तर्गत गणना गर्न सकिने बताएको छ। बिशेष गरी विदेश जान चाहने महिलाका लागि ऋण सीमा बढी तोकिएकोले पनि उनीहरूलाई वैदेशिक रोजगारीमा जान प्रोत्साहन मिल्ने अपेक्षा राष्ट्र बैंकले लिएको छ। साथै यस्तो ऋण रकम बैंकिङ प्रणालीमार्फत उपलब्ध हुनेछ।
यस किसिमको ऋण लिएर विदेश जानेहरुले कमाइ गर्दै फिर्ता गर्ने व्यवस्था गरिएको छ। साथै,कर्जाको कार्यान्वयनमा पारदर्शिता र निगरानी कायम गर्नेसम्बन्धी व्यवस्थाहरू पनि कार्यविधिमा समावेश गरिने बताइएको छ।







