सावधानीपूर्वक एवं लचिलो मौद्रिक नीति आयो, अब अर्थतन्त्र उकासिन्छ: अध्यक्ष अग्रवाल

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राष्ट्र बैंकको नयाँ मौद्रिक नीतिलाई ‘सजगतापूर्वक ल्याइएको लचिलो नीति’ को रूपमा व्याख्या गरेका छन्। अग्रवालका अनुसार नयाँ मौद्रिक नीतिले शिथिल बनेको आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण सहजता ल्याउनुका साथै अर्थतन्त्र चलायमान हुने देखिएको छ।

अध्यक्ष अग्रवालले १० प्रतिशत रकम तिरेर कर्जा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्थालाई पीडित उद्यमीहरूका लागि ठूलो राहतको रूपमा उल्लेख गरेका छन् । यसले व्यवसायलाई निरन्तरता दिने र वित्तीय बोझ घटाउने उनको विश्वास छ।

अग्रवालका अनुसार सेयर धितो कर्जाको सीमा २५ करोड रुपैयाँसम्म पुर्‍याइनुले पूँजी बजारमा तरलता बढ्ने देखिएको छ। यस्तै, घर किन्नका लागि कर्जा सीमा ३ करोड रुपैयाँ कायम गरिनुले रियल स्टेट क्षेत्रमा सक्रियता ल्याउनेछ। बैंकले मूल्याङ्कन गरेको सम्पत्तिको ८० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्थाले कारोबारलाई सहज बनाउने र क्रेता–बिक्रेताबीचको गतिशीलता पुनःस्थापित गर्ने अग्रवालको भनाइ छ।

राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले शुक्रवार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने उनको विस्वास छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *