काठमाडाैं। बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनी हाल कायम चुक्ता पुँजी १ः१ अनुपातमा सेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले ४० लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले अनुमति मागेको हो ।
यसमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
Artha Sanjal






