काठमाडौं । सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। बैंकले प्रति इकाई १ हजार रुपैयाँको दरमा कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो।
२५ लाख इकाईमध्ये १० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १५ लाख इकाई बैंकले अन्य संघसंस्थालाई प्राइभेट प्लेसमेन्टको माध्यमबाट बिक्री गर्नेछ। यस ऋणपत्रको वार्षिक ब्याजदर ७.२५ प्रतिशत रहेको छ र परिपक्वता अवधि १० वर्ष हुनेछ।
ऋणपत्र बिक्रीका लागि एनएमबि क्यापिटललाई निष्कासन र बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।
Artha Sanjal






