बुद्धभूमि नेपाल हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर ल्याउने, सेबोनसँग माग्यो अनुमति

काठमाडाैं। बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनी हाल कायम चुक्ता पुँजी १ः१ अनुपातमा सेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले ४० लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले अनुमति मागेको हो ।

यसमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *