काठमाडाैं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
यसमा १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ)रहेको छ।
मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।








