तीनकुने घटनाः दुर्गा प्रसाईँको तर्फबाट अन्तिम कानुनी बहस हुँदै

काठमाडौं । तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईँको तर्फका कानुन व्यवसायीको बहस अन्तिम चरणमा पुगेको छ ।

मंगलबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रसाईँको तर्फबाट अन्तिम बहस गर्दै छन् । यसअघि प्रसाईँको तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लव कुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुका देवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।

रमन श्रेष्ठले बहस सकेपछि मंगलबारबाट अर्का प्रतिवादी रामेछाप घर भएका तारा राजावादी भन्ने सरोज गौतम तर्फका कानुन व्यवसायीले बहस सुरु गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *