काठमाडौं । महालक्ष्मी विकास बैंकका मार्केटिङ हेड बसन्त बक्सीले ‘मार्केटिङ लिडर अवार्ड’ पाएका छन् । ट्रेडफ्लोक बिजनेस म्यागजिनले उनलाई २०२४ मा एसियाका उत्कृष्ट मार्केटिङ लिडरहरूमध्ये एक उत्कृष्टका रूपमा मान्यतासहित अवार्ड दिएको हो ।
महालक्ष्मी बैंकमा उनले नवीन सोचसहितका मार्केटिङ रणनीतिहरू कार्यान्वयन गर्दै एनजिओहरूसँग साझेदारीमार्फत सामाजिक उत्तरदायित्व सम्बोधन गर्न उल्लेखनीय योगदान दिँदै आएका छन् ।
साथै, डिजिटल परिवर्तन र रचनात्मक सञ्चार माध्यमहरूको प्रयोगले ग्राहकहरूको संलग्नता र व्यावसायिक उपलब्धिमा उल्लेखनीय वृद्धि ल्याएको बैंकले जनाएको छ ।







