सुपरमाई हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपर माई हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य १ हजार ६५ रुपैयाँ ४२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।

अघिल्लो कारोबार दिन अर्थात आइतबार, कम्पनीको शेयर प्रतिकित्ता १ हजार १४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

कम्पनीले मंसिर २८ गते, शुक्रबार, लिसरा रिसेप्सन्स् प्रा. लि., नक्साल काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो ४ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *