काठमाडौं । नबिल बैंक लिमिटेडले सम्पूर्ण आमाहरुको सम्मान गर्दै प्रोत्साहन स्वरूप एक भिडियो कथा सामाग्री सार्वजनिक गरेको छ ।
आज माता तिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनको सुभ अवसरमा समाजमा आफ्नो छुट्टै पहिचान बनाएर अगाडी बढ्ने हरेक आमाहरूलाई शुभकामनासहित प्रोत्साहन गर्दै यो भिडियो सामाग्री तयार पारेको हो । जसमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदरसहित छोराछोरीले निर्वाह गर्नुपर्ने दायित्व बोध गराईएको देखिन्छ ।
भिडियोमा एक आमा आफ्नो सन्तानको लागि आफ्नो लागि करियर छोडेर घरायसी कामकाजमा अनि सन्तान हुर्काउनमा मात्रै व्यस्त देखिन्छिन्। जागिरे श्रीमान र स्कुले छोरीको देखभालमा उनी व्यस्त छिन् ।
एकदिन उनको घरमा एक पार्सल आउँछ,”सुधा म्याम ! तपाइको पार्सल ।”
त्यसपछि उनले मनमनै कुरा गर्छिन्, “मलाई मेरो नामले नबोलाएको पनि धेरै भएछ । झन् मेरो नामको पछाडी म्याम नजोडिएको त कती भयो ।” भन्दै उनी आफू शिक्षिका भएर विद्यार्थीहरूसँग रमाउँदै गरेको सम्झिन्छिन् । म्याम देखि मामुसम्मको यो यात्रामा मैले मलाई चैँ बिर्सिएकी जस्तो पनि लाग्छ उनी आफैसँग कुरा गर्छिन् । तर, कुनै गुनासो छैन म खुसी नै छु ।
उनी पार्सल खोल्छिन्, जसमा लेखिएको हुन्छ – हेलो सुधा जी ! हेलो सुधा म्याम !! आइ मिन मेरी मामु, हुन त यो नोट घरमा पनि दिन सक्थेँ तर बिहान-बिहान र बेलुका तपाईसँग समय नै कहाँ हुन्छ र ! मलाई लाग्छ, दिउँसो तपाईसँग अलिकती भए पनि समय हुन्छ । तर लामो समय भइसक्यो मामु , म अब ठूली भइसकेँ । म चाहान्छु हाम्रा लागि त्यागेको तपाईको करियर फेरी सुरु गर्नुस् । हामीले तपाईको प्रिन्सिपललाई भेटेर एउटा कोसेली ल्याएका छौँ, जहाँबाट तपाईको रोकिएको करियर फेरि अघि बढ्ने छ भन्ने लेखिएको हुन्छ र साथमा उनको शिक्षक नियुक्ति पत्र पनि हुन्छ । सुधा आँसु झार्दै पढिरहेका बेला ‘ल मामु आँसु पुछ्नुस् र फेरी म्याम हुने तयारी गर्नुस्’, भन्दै आमाको तस्बिर सहितको एक पोट्रेट पनि हुन्छ । उता उनका श्रीमान र उनकी छोरी उनले त्यो पढिरहेको हेरिरहेका हुन्छन् । सुधाले आँसु पुछिरहेकै बेला उनकी छोरीले उनलाई अंगाल्दै ‘ह्याप्पि मर्दश डे मामु’ भन्दै अंगाल्छिन् र उनका श्रीमान पनि खुसी हुँदै भन्छन्, त्यो फोटाको आइडिया चाहिँ मेरै थियो है । त्यसपछि उनीहरूसँगै एकसाथ खुसी
भिडियोमा एकातर्फ आमाले सन्तान र परिवारप्रति गर्ने कर्तव्य बोध गराईएको छ भने अर्कोतर्फ सन्तानले आमाप्रति गर्नुपर्ने सम्मान र पूरा गर्नुपर्ने दायित्व देखाइएको छ । जसमा समाजको यथार्थ चित्रण गरिएको छ।
यस्तो छ बैंकले सार्वजनिक गरेको भिडियो सन्देश






