काठमाडौं । साताको कारोबारको चौथोे दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) स्थिर रहेको छ । आज सेयर बजार नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० को विन्दुमा कायम भएको छ ।
आज ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज ४ उपसूचकमा हरियाली देखिएको छ भने अन्य ९ उपसूचक भने राताम्य भएका छन्।
आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १० करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ७ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टीलरीको ५ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९.७४ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.६७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १० करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ७ करोड १५ लाख रुपैयाँ र हिमालयन डिष्टीलरीको ५ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अर्थ सन्जाल