कांग्रेसको संसदीय दलको नेता टुंगो लागेन, भोली फेरी बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोली फेरी बस्ने भएको छ । आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोली फेरी सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।
उनले भने, ‘दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको छ । नेताको टुङ्गो मात्र नला आज दलको नेता टुङ्गिएन। हामी भोलि पनि दाबेदारहरूसँग छलफल गर्छौँ।’
दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *