


दोलखा। दोलखाको धार्मिक एवं पर्यटकीय केन्द्र कालिञ्चोकमा हिमपात भएको छ। बुधबार राति करिब ८ बजेबाट कालिञ्चोकमा हिमपात सुरु भएको हो।
कालिञ्चोकमा यो वर्ष दोस्रोपटक हिमपात भएको हो। अहिले पनि हिमपात निरन्तर भैरहेको कालिञ्चोक कुरीस्थित होटल सुनपातीका स्टाफ राजन क्षेत्रीलाई उदृत गर्दै दोलखाका पत्रकार चिरञ्जिवी मास्केले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
Artha Sanjal

अर्थ सन्जाल