काठमाडौं । सोमबार देशैभरका अधिकांश सरकारी वेबसाइटका सर्भरहरु बन्द भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सोमबारबिहान १० बजेदेखि नै अधिकांश सरकारी वेबसाइटहरु सञ्चालनमा आएका छैनन् ।
सरकारी वेबसाइटको डीएनस सर्भरमा समस्या आएकोले साइटहरु बन्द भएका हुन् । उनले सरकारी वेबसाइटहरुमा कहाँबाट आक्रमण भइरहेको भन्ने थाहा नभएको भन्दै भीपीएन प्रयोग गरेको हुन सक्ने बताए ।
सोमबार बिहानदेखि नै प्रधानमन्त्री कार्यालयदेखि संघीय सरकारका मन्त्रालय तथा कार्यालयहरु, प्रदेश सरकारको कार्यालयहरु र स्थानीय सरकारका साइटहरु बन्द भएका छन् । केही स्थानीय तह र कार्यालयको वेबसाइट भने केहीबेर खुल्दै बन्द हुँदै गरेको छ ।







