लोअर इर्खुवा हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । लोअर इर्खुवा हाईड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको साधारणसभा आगामी सभा पुस २७ गते हुने छ ।

सभामा बार्षिक प्रतिवेदन, चालू आर्थिक वर्ष २०८०/ ०८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।

यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालक मध्ये नेशनल हाईड्रोपावर कम्पनीबाट प्रतिनिधित्व गर्ने ४ जना र बाँकी रहेका सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव छ ।

कम्पनीको १३ मेगावाट क्षमता भएको आयोजना भोजपुर जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचों गाउँपालिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *