साउदी जाने नेपाली कामदारलाई आजदेखि बायोमेट्रिक अनिवार्य

काठमाडौँ । साउदी अरबले वैदेशिक रोजगारीका लागि आउने नेपाली श्रमिकलाई बायोमेट्रिक अनिवार्य गराएको छ । आजदेखि लागू हुनेगरी नेपालस्थित साउदी दूतावासले बायोमेट्रिक अनिवार्य गराएको हो ।

यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक थियो । आजदेखि भने वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि समेत बायोमेट्रिक अनिवार्य गरेको हो ।

दूतावासको उक्त कदमप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध गरेको छ । साउदी दूतावासले आर्थिक भार पार्न खोजेको भन्दै संघले आपत्ति जनाएको हो । आजदेखि कुनै पनि व्यवसायीले भिसाका लागि फाइलहरू साउदी दूतावासमा पठाएको पाइए कारबाही गर्ने चेतावनी समेत संघले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *