वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधारः एक हप्तामै ११ अर्बले बढ्यो

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार आएको छ । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार फागुन १३ गतेदेखि २० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो ।

फागुन १३ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप भएको थियो । निक्षेप संकलन बढेर फागुन २० गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४३ खर्ब २४ अर्ब रुपैयाँ बढेको छ ।

एक हप्ताको अवधिमा वाणिज्य बैंकले ५ अर्ब कर्जा प्रवाह भएको छ । संघको तथ्यांक अनुसार फागुन १३ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । कर्जा प्रवाह बढेर फागुन २० गतेसम्म ४१ खर्ब ७० अर्ब रुपैयाँ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *