एनआईसी एशिया बैंकको कम्पनी सचिवमा दिनेश भारी नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको कम्पनी सचिवमा दिनेश भारी नियुक्त भएका छन्।

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले भारीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। भारीले यसअघि पनि बैंकको कम्पनी सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।

तत्कालीन प्रमुख कार्यकरी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेको इच्छाअनुसार भारीलाई हटाई दिपेन कार्कीलाई कम्पनी सचिव नियुक्त गरिएको थियो। तर, न्यौपानेका अति विश्वासपात्र मानिएका कार्की आँफै विभिन्न विवादमा तानिएपछि बैंकले उनलाई हटाई कमल खड्कालाई सो जिम्मेवारी दिएको थियो।

खड्कालाई नियुक्त गरिएको केहि महिनामै बैंक सञ्चालक समितिले कम्पनी सचिवको जिम्मेवारी पुनः बैंकका लिगल हेडसमेत रहेका भारीलाई नै दिएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *