अमेरिकी डलर भन्दा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर भएको छ ।
आज नेपालका वाणिज्य बैंकमा एक अमेरिकी डलर १२३ रुपैयाँ ४५ पैसा सम्म बिक्री गरेका छन् । हिजो एक अमेरिकी डलरको बिक्री मुल्य १२२ रुपैयाँ १६ पैसा थियो ।
रसिया र युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढ्नुका साथै भारतीय मुद्रा कमजोर बन्दा अमेरिकी डलरको मूल्य अहिलेसम्मको उच्च विन्दुमा रहेको हो ।
नेपालमा २०७६ चैत ४ गते डलर अहिलेसम्मकै उच्च विन्दुमा थियो । १ अमेरिकी डलर प्राप्त गर्न १२३ रुपैयाँ २८ पैसा खर्च गरेको थियो ।
नेपाल आयल निगमले भारतिय आयम कर्पोरेसनसँग डलरमै भुक्तानी गरेर सामान किन्ने हुँदा डलर महंंगो हुँदा पेट्रोलियम पदार्थको मूल्य उच्च बढ्ने छ ।