महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ हजार कित्ता संस्थापक शेयर फागुन २३ गते सोमवारदेखि लिलामीमा आएको छ । कम्पनीले चैत ७ गते गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो ।
शेयरको मूल्य न्यूनतम रू. ६५० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।सन्राइज
क्यापिटल लिमिटेड शेयर विक्री प्रबन्धक रहेको छ ।




