काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै आवेदन दिएको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित बोर्डमा निवेदन दिएको हो।
प्रस्तावित हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएमा कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता शेयर जारी गर्नेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
माया खोला हाइड्रोपावरको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।




