कच्चा तेल प्रति ब्यारेल १३० डलर नजिक पुगेको छ। गत शुक्रबार कच्चा तेलको मूल्य १ सय १० को नजिक पुगेको थियो ।
इरानसँगको आणविक सम्झौता चरमोत्कर्षमा पुगेको खबरका कारण कच्चा तेलको मूल्यमा सामान्य गिरावट आउने अनुमान गरिएको छ । इरानी तेल बजारमा पुग्न समय लाग्ने छ ।
सन् २०१५ को सम्झौताको पुनरुत्थानसँगै इरानमाथिको प्रतिबन्ध हट्ने र त्यसले फेरि कच्चा तेल आपूर्ति गर्न सक्ने अपेक्षा गरिएको छ । विश्वभरका अधिकांश रिफाइनर्सले धेरै वर्षदेखि इरानी तेल लिएका भने छैनन् ।